प्राविधिक समस्याका कारण श्री एयरका आजका सबै उडान स्थगित

१७ असार २०८०, आईतवार १०:०५

काठमाडौं । प्राविधिक समस्याको कारणले गर्दा श्री एयरलाइन्सले आजका सबै उडान स्थगित भएका छन् । उडिरहेका जहाजमा बारम्बर प्राविधिक समस्या आउन थालेपछि श्री एयरलाइन्सले आजका सबै उडान स्थगन गरिएको कम्पनीले जनाएको छ ।

श्री एयरलाइन्सले शनिबार राति विज्ञप्ति जारी गर्दै ‘प्राविधिक समस्या’ सामना गर्नुपरेका कारण जाँचका लागि असार १७ गते (आज)का सबै आन्तरिक उडान स्थगन गरेको जानकारी दिएको हो ।

हिजोमात्रै काठमाडौंबाट धनगढीका लागि उडेको श्रीको ड्यास–८ क्यू–४०० विमान प्राविधिक समस्या देखिएपछि चालक दलले उक्त विमानलाई काठमाडौं फर्काएका थिए ।

‘प्राविधिक समस्या नदोहोरियोस् भनी असार १७ का दिन हुने यस एयरलाइन्सका सम्पूर्ण उडान स्थगन गरी सबै विमानको सम्पूर्ण प्राविधिक परीक्षण गर्ने निर्णय गरिएको छ’, श्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

May be an image of text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*