यो साता बीमा क्षेत्रको शेयरमा किन झुम्मिए लगानीकर्ता ? (एलटीपीसहित)

१५ असार २०८०, शुक्रबार १८:४२

काठमाडौं । यो साताको अन्तिम कारोबारको दिन अर्थात बुधबारबार शेयर बजार ३५.३७ को अंकले घटेर २१५० को विन्दुमा कायम भएको छ ।

साता कारोबारको अन्तिम दिनमा नेप्सेमा कारोबार भएका सम्पुर्ण उपसुचक राताम्य भएको अवस्थामा लाइफ इन्स्योरेन्सको उपसुचकमा मात्र हरियाली छाएको थियो । अन्तिम कारोबारमा लाइफ इन्स्योरेन्सको उपसुचक २.४६ प्रतिशत अर्थात ३०४ रुपैयाँले बढेर १२७२१.२२ को विन्दुमा कायम भएको छ ।

साताको अन्तिम कारोबारको दिनमा हिमालयन लाइफको शेयरमूल्यमा सकारात्मक सकिट लागेको थियो । कम्पनीको कारोबार ५० रुपैयाँले बढेर ५५७ रुपैयाँमा किनेबेच भएको थियो ।

त्यस्तै, दोस्रो नम्बरमा एशियन लाइफको कारोबार रहेको छ । कम्पनीको साताको अन्तिम कारोबार ४ं.४७ प्रतिशतले बढेर ७७२ रुपैयाँमा भएको छ । त्यस्तै, मर्जर प्रक्रियामा रहेको प्रभु लाइफको कारोबार ६४८ रुपैयाँ, सानिमा रिलायन्स लाइफको ५८८ रुपैयाँ, नेशनल लाइफको ६७२ रुपैयाँमा साताको अन्तिम कारोबार भएको थियो ।
यसका साथै, नेपाल लाइफको ७८८ रुपैयाँ र सूर्यज्योति लाइफको ६२० रुपैयाँमा साताको अन्तिम कारोबार भएको थियो । यस समयमा भारतिय लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य मात्र घटेको छ । कम्पनीको साताको अन्तिम कारोबार १६६५ रुपैयाँमा भएको थियो ।

निर्जीवन कम्पनी

साताको अन्तिम कारोबारमा मर्जर प्रक्रियामा रहेको प्रभु इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक बढेको थियो । कम्पनीको साताको अन्तिम कारोबार १.९७ प्रतिशतले बढेर ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

दोस्रो नम्बरमा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १ं५७ प्रतिशतले बढेर ९०५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, हिमालयन एभरेष्टको ६०१ रुपैयाँ, आइजिआई प्रुडेन्सियलको ५९९ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ८७५ रुपैयाँमा साताको अन्तिम कारोबार भएको थियो ।

त्यस्तै, यो साताको अन्तिम कारोबारमा ४ निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य २.५६ प्रतिशतले घटेर १५ हजार २०१ रुपैयाँमा कारोबार भएको थियो । यसका साथै, सानिमा जिआइसीको ६८५ रुपैयाँ, शिखर इन्स्योरेन्सको ८९० रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७८१ रुपैयाँमा कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*