हिमालयन लाइफको लिडरशिप समिट सम्पन्न, बागमति प्रदेशका हजारभन्दा बढि अभिकर्ता प्रशिक्षित

१४ असार २०८०, बिहीबार २०:३६

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरुको लिडरशिप समिट कार्यक्रम सम्पन्न भएको छ । राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक हजार भन्दा बढि एजेन्सी तथा अभिकर्ताहरु प्रशिक्षित भएका छन् ।

काठमाडौंको कोटेश्वरस्थित ए वन क्याफे एण्ड होटलमा आयोजित भव्य कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ मनोजलाल कणर्ले बागमति प्रदेशबाट उपस्थित एक हजार भन्दा बढि एजेन्सी तथा अभिकर्ताहरुलाई तालिम तथा सम्मान प्रदान गरेका थिए ।
प्राइम लाइफ, गुराँस लाइफ तथा युनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले अहिले देशव्यापी रुपमा अभिकर्ताहरुलाई तालिम तथा सम्मेलनमार्फत नयाँ कम्पनीको बारेमा प्रचार प्रसार, तालिम तथा उत्प्रेरणामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सम्मेलनमा तालिम प्रमुख महेश दाहालले बीमा अभिकर्ताहरुलाई वर्तमान आर्थिक संकटको समयमा जीवन बीमा व्यवसायलाई थप प्रभावकारी बनाउनेबारे रणनीतिक योजनासहितको प्रशिक्षण मन्तव्य दिएका थिए ।

कार्यक्रममा सिईओ मनोजलाल कणर्ले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई आफूले उत्कृष्ट र देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी बनाएरै छोड्ने दृढता व्यक्त गर्दै सोही स्पीरिट र उच्च मनोबलसहित कार्यक्षेत्रमा खटिन अभिकर्ता तथा एजेन्सीहरुलाई निर्देशन दिएका छन् । सिईओ कणर्ले तीन वटा कम्पनी मर्जर भएर अब एक भइसकेकोले हिमालयन लाइफ इन्स्योरेन्स उत्कृष्ट कम्पनीको रुपमा उभिएको सन्देश जनताको बीचमा पुर्याउन आह्वान गरेका छन् ।

कार्यक्रममा बागमति प्रदेश प्रमुख हरि प्रसाद ढुंगानाले बीमा अभिकर्ताहरुलाई कम्पनीबारे विस्तृतमा बुझेर बीमितका बीचमा पुगेर बीमा गर्न आह्वान गरेका छन् । आजको एक दिने समिट कार्यक्रममा सहभागी भएका बीमा अभिकर्ता तथा एजेन्सीहरु कार्यक्रमपछि क्षमता बृद्धि भएको र एकता भावको साथ कार्यक्षेत्रमा खटिन मद्दत पुगेको प्रतिक्रिया दिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*