वैदेशिक श्रमिकको लागि खुल्ला गरेको आइएमई लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो ।
सीडीएसका अनुसार बुधबार साझ ५ः०५ मिनेटसम्म २० हजार ३ सय ५१ जनाले १६ लाख ७६ हजार ४ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।आइएमई लाइफले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ।