युनाईटेड अजोड इन्स्योरेन्सले घर भाडामा दिने
१४ असार २०८०, बिहीबार १९:४८
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा लिजहोल्ड कायम रहेको कम्पनीले भोगचलन गरिरहेको पार्किङको समेत व्यवस्था भएको पाँच हजार वर्गफिट क्षेत्रफल भएको घर भाडामा दिने भएको छ ।
घर भाडामा लिन इच्छुक जो कोही ब्यक्ति वा संस्थाले कति वर्षका लागि र के कति भाडा दर (कर सहित) मा लिन सकिन्छ सो सहित, सम्पूर्ण विवरणहरु समेत खुलाई सूचना प्रकाशन भएको मिति ( असार १४ ) ले १५ दिनभित्र काठमाडौं महानगरपालिका वडा नं. ११, सुन्धारा स्थित सि. टि. सि मलको सातौ तल्लामा अवस्थित कम्पनीको प्रधान कार्यालयको प्रशासन विभागमा आईपुग्ने गरी खामबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।