नेपाली बीमा क्षेत्रको अवस्था र अबको कार्यदिशा
विषय प्रवेश
अर्थतन्त्रमा बीमा क्षेत्रको ठूलो भूमिका रहेको हुन्छ । बीमा क्षेत्र देशको मेरुदण्डको रुपमा हेरिएको हुन्छ । बीमितसँग सानो सानो रकम बचत सड्ढलन गरी देशको लागि पुँजि निर्माण गरिरहेको हुन्छ । बीमा देशको मेरुदण्ड हुनुको नाताले बीमा क्षेत्रको अहम् भूमिका राष्ट्रिय अर्थतन्त्रमा रहेको हुन्छ । बीमा गतिविधिले देशको अर्थतन्त्रमा पुँजी निर्माण भई उत्पादन, रोजगारी, आम्दानी बढी समग्र आर्थिक वृद्धि बढ्ने गर्छ । तसर्थ, बीमा क्षेत्रको विकासका लागि सबै देशले प्राथमिकता दिने गर्छन् ।
वित्तीय क्षेत्रमा बीमा बाहेक बैंकिङ, पुँजी बजार र सहकारीहरुले बचत सड्ढलन गर्ने संस्थाले पनि गर्छन् । साना साना रकम दुरदराजसम्म पुगेर जम्मा गरेर बैंक तथा विविध क्षेत्रमा लगानी गर्ने काम वित्तीय संस्थाहरुले गर्दछन् । यस बाहेक बीमा कम्पनीहरुले दीर्घकालिन लगानीको रुपमा बीमा क्षेत्रमा ठूलो मात्रामा पुँजि संकलन गरेका हुनछन् । निर्जीवन बीमा, पुनर्बीमा कम्पनीहरुसँग ठूलो मात्रामा पुँजि रहेको हुन्छ । नेपालमा वित्तीय उदारीकरणको नीति अवलम्बन गरेपछि बीमा क्षेत्रको तीव्र विकास हुन गयो । यस क्षेत्रमा निजी क्षेत्रले उत्साहजनक सहभागिता जनायो । बीमा क्षेत्रभित्र रहेका बीमा कम्पनी, पुनर्बीमा कम्पनी, इन्स्योरेन्स ब्रोकर, रि इन्स्योरेन्स ब्रोकर बढ्दै गएका छन् ।
बीमा क्षेत्रबाट अन्तराष्ट्रिय स्तरमा समेत कारोबारको दायरा विस्तार गर्न सहयोगा पुराएको छ ।
बीमा क्षेत्रको भूमिका अवस्थाः
बीमा क्षेत्रको विस्तारको रफतारअनुसार समग्र अर्थतन्त्र बढ्न नसकेको हुँदा २०७८ सालदेखि नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई मर्जर गर्ने नीति अख्तियार गरी बीमा क्षेत्रलाई सुदृढीकरण गर्ने काम सुरु ग¥यो । यसपछि बीमा कम्पनीहरु क्रमशः मर्जरतर्फ गएका छन् । नेपालमा बीमा कम्पनीहरुको मर्जरपछिको पर्फर्मेन्स भने हेर्न बाँकी नै छ । मर्जर प्रक्रियाले गर्दा कुनै बेला ३९ वटासम्म पुगेका बीमा कम्पनीहरु अहिले १७ जीवन र १६ निर्जीवन बीमा कम्पनीसहित कूल ३३ वटामा झरेका छन् । मर्जरको प्रक्रिया अझै जारी छ । अझै चार वटा निर्जीवन र पाँच वटा जीवन बीमा कम्पनीको मर्जर प्रक्रिया अन्तिमतिर पुगेको अवस्था छ । आर्थिक बर्ष २०७८।०७९ को अन्त्य सम्ममा नेपाली बीमा क्षेत्रका जीवन बीमामा कूल बीमा शुल्क बापत एक खर्ब ३८ अर्ब ६४ करोड पाँच लाख १० हजार रुपैयाँ संकलन भएको थियो
सो मध्ये प्रथम बीमा शुल्क ४१ अर्ब ४४ करोड ७० लाख ४० हजार रुपैयाँ संकलन हुँदा नविकरण बीमा शुल्क ९७ अर्ब १९ करोड ३४ लाख ६९ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी भएको थियो । उल्लेखित बीमा शुल्क रकम नेपालभरि बसोबास गर्ने सर्वसाधारणलाई कूल एक करोड ३० लाख ९९ हजार ६ सय ३२ वटा बीमा पोलिसी बिक्रीमार्फत संकलन भएको थियो । त्यस्तै, बैदेशिक रोजगारीमा जानेहरुको म्यादी बीमा बापत दुई अर्ब २७ करोड ४६ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको थियो ।
त्यस्तै निर्जीवन बीमातर्फ कूल ३९ अर्ब १६ करोड ९९ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको थियो । सो बीमा शुल्क रकम २७ लाख ८८ हजा १८ वटा बीमा पोलिसीमार्फत संकलन भएको हो । बीमा क्षेत्रमा जीवन बीमा कोष, बीमा कोष, जगेडा कोष, महाविपत्ति कोषहरुमार्फत ठूलो मात्रामा पुँजि संकलन भएको छ । हालसम्म करिब पाँच खर्ब रुपैयाँ यस्तो कोषमा रकम जम्मा रहेको छ । नेपाली बैंकहरुमा रहेको कूल निक्षेप करिब ४५ खर्बको १० प्रतिशतभन्दा बढि निक्षेप नेपाली बीमा क्षेत्रबाट प्रवाह हुँदै आएको अवस्था छ ।
अबको गन्तव्य कता ?
यो परिवेशमा बीमा क्षेत्रको अबको कार्यदिशा के हुने र के हुनुपर्छ भन्ने सन्दर्भमा बहस हुन आवश्यक देखिएको छ । बीमा क्षेत्रले अवलम्बन गर्नुपर्ने केही कार्यदिशा देहायअनुसार हुन सक्छ ।
पहिलोः– डिजिटल बीमाको युगमा प्रवेश गरौं
अब भौतिक शाखा विस्तारभन्दा पनि डिजिटल प्रविधि प्रयोग गरेर शाखारहित बीमा पहुँच पु¥याँउन जोड दिनुपर्ने आवश्यकता छ । प्रदेश सरकारसँग सहकार्य गरेर पनि सस्तोमा बीमाको पहुँच पु¥याउन सकिन्छ । बीमाशुल्कको अधिकेन्द्रितलाई मध्यनजर राख्दा बीमा क्षेत्रले सर्वसाधारणमा बीमा पहुँच बढाउन आवश्यक रहेको छ । बीमा क्षेत्रले सञ्चालन लागत घटाएर कम बीमाशुल्कमा काम गर्न सक्ने क्षमता विकास गर्नुपर्छ । बीमा पोलिसी सरेण्डर हुन रोक्नु अबको मुख्य एजेण्डा बनाउनु आवश्यक देखिन्छ । हुन त पोलिसी सरेन्डर नियमित प्रक्रिया हो । तर, अहिलेको आर्थिक संकटका बीचमा पोलिसी सरेण्डर बृद्धि हुनु स्वाभाविकै रुपमा लिएपनि मिससेलिङका कारण हुँदै आएको पोलिसी सरेण्डर बीमा कम्पनी र बीमित दुवैको हितमा नहुने हुँदा पहिचान गरी रोक्नु आवश्यक छ । बीमा अभिकर्ताहरुले बीमितको क्षमता हेरेर मात्रै बीमा गराउनु अबको आवश्यक देखिन्छ ।
दोस्रोः– विशिष्ट क्षेत्रमा लगानी
बीमा कम्पनीहरुले अर्थतन्त्रका थुप्रै क्षेत्रमध्ये आफूलाई कुनै एक वा दुई क्षेत्रमा विशिष्टिकृत गराउनुपर्ने देखिन्छ । यसले प्रतिस्पर्धात्मक स्थिति कम गर्नुपर्ने हुन्छ । आफूले केन्द्ीकृत गरेका क्षेत्रहरूको जानकारी प्राविधिक कर्मचारीसमेत राखेर त्यो क्षेत्रको उत्पादन चक्र र अन्तरनिर्हित फाइदा र बेफाइदा केलाई जोखिम न्यूनीकरण गर्दै सम्बन्धित व्यवसायको विकास हुने गरी कर्जा प्रवाह गर्ने क्षमता र प्रवृत्ति विकास गर्नुपर्छ ।
तेस्रोः– बीमा क्षेत्रको विकृतिमाथि शून्य सहनशिलता नीति
वास्तवमा बीमा क्षेत्रको नाफा र दीगोपना वास्तविक क्षेत्रको विकास र विस्तारमा भरपर्छ । बीमा पोलिसी सरेण्डर, अस्वस्थ्य प्रतिस्पर्धा, बीमा विकृति र उधारो बीमाले बीमा क्षेत्रको स्थायित्वमाथि नै जोखिम सिर्जना गर्छ । त्यसैले यस्तो विकृतिमाथि नियामकले शून्यसहनशिलता नीति अपनाउनुपर्दछ । बीमा क्षेत्रले बीमा व्यवसाय पारदर्शीता बनाउनु नै पर्छ । त्यसको साथ साथै लगानीको क्षेत्र समेत विस्तार गनुपर्दछ । बैंकको मुद्धती निक्षेपबाट बाहिर निस्केर बीमा कम्पनीहरुले अब अर्थतन्त्रमा आर्थिक वृद्धिदर बढाउने गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्छ । यसका लागि अर्थतन्त्रका उत्पादनशील क्षेत्र पहिचान गर्ने, उद्यमशीलता विकासमार्फत ती क्षेत्रमा उद्यमी विकास गर्ने, अर्थतन्त्रका अन्य क्षेत्रमा कार्यरत व्यवसायीको व्यावसायिक र प्राविधिक क्षमता अभिवृद्धिमा सहयोग गर्ने, विभिन्न व्यवसायमा अन्तरनिहित जोखिम न्यूनीकरण गर्न सहयोग पु¥याउने र उत्पादनदेखि बजारीकरणसम्मको कार्यमा उद्यमव्यवसायीसंँग सहकार्य र सहयोग गर्नुपर्ने देखिन्छ ।
चौथोः– मर्जरपछि कर्मचारी समायोजनमा ध्यान दिऔं
बीमा कम्पनीहरुको मर्जर र प्राप्तिका कारण ठूलो आकार भएका छन्। यस्तो ठूलो संस्थाको व्यवस्थापन गर्न त्यही अनुरूपको कर्मचारीको क्षमता विकास गर्नुपर्ने देखिन्छ । आकार ठूलो हुँदै गर्दा केही फाइदा छन् भने केही बेफाइदा पनि छन्। ठूलो सङ्ख्यामा रहेका कर्मचारी र शाखा सञ्जालको व्यवस्थित व्यवस्थापन हुनुपर्ने हुन्छ । त्यससँगै बढ्दो डिजिटलाइजेशनले सिर्जित जोखिम न्यूनीकरणमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ । डिजिटल प्रविधिको प्रयोगसँगै बीमामा बढेको सुरक्षा चुनौतिका विषयमा बीमा प्राधिकरण, बीमा कम्पनी, नेपाल सरकार तथा निजि क्षेत्र सबै मिलेर हातेमालो गर्न ढिलाई गर्नुहुदैन । बीमा पहुँच बढाउन उपयुक्त प्रविधिको प्रयोग र डिजिटल वित्तीय साक्षरताको विस्तारमा पनि बीमाक्षेत्र लाग्नुपर्ने आवश्यकता छ ।
पाँचौँः– जोखिम मूल्याङ्कनको अभ्यास गरौं
बाह्य र आन्तरिक अर्थतन्त्रमा आउने उतारचढावले बीमा क्षेत्रलाई फाइदा बेफाइदा पु¥याइरहेको हुन्छ । विश्व र राष्ट्रिय अर्थतन्त्रमा आउने परिवर्तनलाई समयमा नै विश्लेषण र आकलन गर्न सकिएमा बेफाइदा तथा जोखिम कम गर्न सकिने र फाइदा बढी हासिल गर्न सकिने परिवेशमा अर्थतन्त्रको विश्लेषण र अनुमान लगाउन सक्ने अर्थशास्त्रीहरूको समेत व्यवस्था गरी बीमा व्यवसाय सञ्चालन गर्नुपर्ने अबको आवश्यकता छ ।
छैठौँः– नाफाको लागि भन्दा पनि जोखिम रहित लगानी गरौं
नाफाका लागि अन्धाधुन्ध लगानी गर्दा बीमा कम्पनीहरुमाथि जोखिम बढ्ने हुन्छ । तसर्थ, सही लगानीको पहिचान गर्ने क्षमता विकास आवश्यक छ । बीमा भनेको जोखिमको विविधिरकण गर्नु हो । त्यसैले बीमा कम्पनीहरुले लगानी गर्दा जोखिम विविधकरणको सिद्धान्तबाट बिचलित नभई लगानी गर्नुपर्दछ । उच्च प्रतिफलको लक्ष्य किटान गरी उच्च ब्याज दरमा लगानी गर्ने, दीर्घकालिन लगानीको बाटो खोज्ने कार्यमा बीमा कम्पनीहरु आफै सक्रिय हुनुपर्दछ । लगानी केवल बैंकमा मुद्दति मात्रै थुपार्ने भन्दा पनि मुद्दतिमा पनि राख्ने र प्रतिफलमुखी, देशमा विकासको मूल फुटाउने क्षेत्रमा लगानी गर्न बीमा कम्पनीहरु तयार हुनुपर्दछ । यसले गर्दा पनि कर्जाको उत्पादनशील प्रयोग हुन सकेको छैन । तसर्थ, नगद प्रवाह र व्यवसाय प्रकृतिको आधारमा परियोजना कर्जा प्रवाह गर्ने क्षमता वृद्धि गरिनुपर्छ ।
सातौः– विवादरहित बीमा दावी भुक्तानीको अभ्यास
बीमितहरुको समस्या परेर बीमा दाबी भुक्तानी दिन नसक्दा बीमा क्षेत्र समस्या पर्ने हुँदा यस बिषयमा विस्तृत अनुगमन गनुपर्ने देखिन्छ । यसको लागि प्रभावकारी अनुगमन र मूल्याड्ढनको दरिलो व्यवस्था गरिनुपर्छ । बीमितहरुले बीमा दावी भुक्तानी नपाउने, नपाएको भन्दै गुनासो बढिरहेको सन्दर्भमा बीमा दावी भुक्तानी विवादरहित बनाउन आवश्यक छ ।
आठौं:– प्रविधि, दक्षतासहितको प्रभावकारी
नियमन बीमा क्षेत्रले अर्थतन्त्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सक्ने गरी, बदलिँदो परिवेशअनुरूप सिर्जित जोखिम न्यूनीकरण गर्न सहयोगी हुने गरी नेपाल बीमा प्राधिकरण र सुपरीवेक्षण व्यवस्था थप सुदृढ र प्रभावकारी बनाउँदै लैजानु पर्छ ।
नवौँः– अति विपन्न, गरिब जनतामा बीमाको पहुँच
बीमा कम्पनीहरुको सिद्धान्त र मान्यताहरूबाट विचलन आउँदा नै समस्यामा पर्न थालेका हुँदा यो क्षेत्रको दिगोपनका लागि पुनः ती सिद्धान्त र मान्यतालाई सही ढङ्गले अवलम्बन गरेर अघि बढ्नु पर्छ । अति विपन्न र मध्यम वर्गमा वित्तीय पहुँच पु¥याउने गरी कार्य शैलीमा परिमार्जन गर्नुपर्ने देखिन्छ ।
दशौँः– बीमा व्यवसायमा नयाँ योजना
बीमा क्षेत्रमा देखा परेका समस्याले बीमा तथा वित्तिय अवस्था एवम् समग्र अर्थतन्त्र पनि प्रभावित हुन सक्ने हुनाले यो क्षेत्रको पनि नियमन र सुपरीवेक्षण बढाउने कार्यमा जोड दिनुपर्छ । नेपालमा वित्तीय उदारीकरणसँगै तीव्र विकास र विस्तार भएको क्षेत्रमा बीमा क्षेत्र पर्छ । यसको तीव्र विस्तार र विकासले गर्दा वित्तीय सेवा पहुँच बढेको छ र अर्थतन्त्र विविधीकरण भएको छ । कुल गार्हस्थ्य उत्पादनमा पनि बीमा क्षेत्रको उल्लेख्नीय भूमिका छ । बीमा क्षेत्रको विस्तार भएअनुरूप आर्थिक वृद्धिदर बढ्न नसकेको र अर्थतन्त्रको उत्पादनशील रूपान्तरण हुन नसकेको हुँदा बीमा क्षेत्रको वर्तमान अवस्था र कार्यशैलीमा समसामायिक सुधार गरिनु पर्छ । आर्थिक वृद्धिदर दरिलो र अर्थतन्त्रको उत्पादनशील रूपान्तरण नभएसम्म बीमा क्षेत्र पनि दिगो रहन नसक्ने र वित्तीय स्थायित्व नै जोखिम रहने हुँदा बीमा क्षेत्रले अब नयाँ कार्यदिशा अवलम्बन गर्नुपर्छ ।
एघारौंः– खुल्ला सिमानाबाट हुने बीमामा रोक
खुल्ला सीमानाका कारण विशेषगरी भारतीय कम्पनीले नेपालभित्र प्रवेश गरी बीमा गराउने गरेका छन् । नेपाल बीमा प्राधिकरणले यस बिषयमा भने यथाशिघ्र रोक लगाउनु जरुरी छ । यसलाई पूर्णतः रोक्नुपर्छ ।
यसरी बीमा क्षेत्रमा समय सापेक्ष सुधारको प्रयासलाई निरन्तरता दिनुपर्छ । यी सबै कामको नेतृत्व बीमा प्राधिकरणले गर्ने हुँदा यस बिषयमा गम्भीर भएर नतिजामुखी परिणाम आउने कामगर्नुपर्दछ ।
बाह्रौंः– बींमाड्ढी पेशा तथा अध्यापनमा जोड दिई दक्ष जनशक्ति उत्पादनमा जोड
दुःखका साथ भन्नैपर्ने हुन्छ, तर नेपालमा बीमा व्यवसायको लगभग ७६ बर्षे इतिहासमा हालसम्म नेपालमा उचित मात्रामा फेलो बीमांड्ढी समेत उत्पादन गर्न सकेको छैन । नेपालको बीमाङ्कीको चरम अभावको परिस्थितिमा समेत नेपालमा बीमांड्ढीको अध्यापन र इजाजत दिने निकाय हालसम्म गण्ति विज्ञान स्कूल मात्रै छ । अन्य कुनै एक्चुरीसम्बन्धी इन्टिच्यूट स्थापनाका लागी कुनै अवधारणागत सोच हुन नसकेको अर्को दुःखद अवस्था अन्त्यको लागि नेपाल सरकारको ध्यानाआकर्षण हुनु जरुरी छ । केहि ढिलै भए पनि त्रिभुवन विश्व विद्यालय विसं २०७३ सालबाट पेशागत नभई एकेडेमिक स्नातकस्तरको अध्यापनको कार्यक्रम संचालनमा रहेको छ । हाल नेपाली बीमा बजारमा गणित विज्ञान विद्यालयबाट उत्पादन भएका एक्चुरीहरु नियामक निकाय, नेपाल रि देखि बीमा कम्पनीहरुसम्म रहेका छन् ।
तेह्रौंः– स्थानीय तहसँग बीमा प्राधिकरण
बीमा प्राधिकरण तीन तहकै सरकारसँग समन्वय गर्दै बीमाको दायरा फराकिलो बनाउने अभियानमा लागेको छ । खासगरी, जीवन बीमा मार्फत अनिवार्य बचत परिचालन र जोखिम व्यवस्थापनलाई सगसँगै लैजाने, सबै प्रकारका सम्पत्तिको बीमाका लागि जनचेतना अभिबृद्धि गर्ने, संघीय सरकारले अघि सारेको कृषिमा स्वरोजगारी सृजना गर्दै आत्मनिर्भर बनाउन कृषि बीमामा नगरपालिकाहरुले पनि अनुदान दिने नीतिलाई स्थानीयस्तरमा लैजाने र न्यून आय भएको बर्गलाई बीमाको दायरामा ल्याउने उद्देश्य यस कार्यक्रमको रहेको छ । यो निकै उपल्ब्धीमूलक पनि छ । बीमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल र उच्च तहका पदाअधिकारहरु नै स्वयंम उपस्थित भएर नै जनचेतनामूलक कार्यमा संलग्न भई लागिरहेको छ । यसले बीमा कम्पनीहरुका कर्मचारीहरुलाई थप हैसला मिलेको छ । प्राधिकरणले न्यून आय भएकाहरुको लागि लघुबीमा कम्पनी छुटै ल्याउने कार्ययोजना बनाएर कम्पनी चाडौ नै विस्तारमा समेत आउँदैछ । त्यसैगरी, स्थानिय स्तरमा सम्पत्ति कर कार्यक्रम स्थानीय सरकारबाट संचालन हुने भएकोले प्राधिकरणले लागु गरेको एकिकृत सम्पत्ति बीमालेख नीतिलाई स्थानिय सरकार मार्फत संचालन गर्नका लागि समेत यो कार्यक्रम प्रभावकारी हुने देखिएको छ । प्राधिकरणले विगत एक वर्षको अवधिमा सातै प्रदेशका विभिन्न स्थानीय तहसंग अन्तक्र्रिया कार्यक्रम गरेको छ । यसलाई थप प्रभावकारी ढंगबाट अघि बढाउनुपर्ने देखिन्छ । यस्तै साना उद्यमी र परिवारसम्म बीमाको पहुँच पुग्ने प्योकज ल्याउनु जरुरी हुन्छ । बीमा प्राधिकरणले गरेको यस्तो अभियान जारी राख्नुपर्दछ ।
चौधौंः– कूल ग्राहस्थ्य उत्पादनमा बीमा क्षेत्रको योगदानलाई ज्यामितिय ढङ्गले बृद्धि गर्न जरुरी
माथिल्लो तामाकोशी जलविद्यूत आयोजनामा सरकारी बीमा कम्पनीले लगानी गरेको छ । यसै अनुसार बीमा कम्पनीहरुको लगानीको दायरा फराकिलो पार्न नेपाल बीमा प्राधिकरणले भूमिका निर्वाह गर्नुपर्छ ।
नियामक निकायले बीमा कम्पनीहरुलाई लगानीको दायरा विस्तार गर्न निर्देशन दिएको छ। तर पनि बीमा कम्पनीहरु बैंकको मुद्धती निक्षेप भन्दा बाहिर जान हिच्किचाईरहेको छन् । प्राधिकरणले बीमा कम्पनीहरुको सहजताको लागि लगानी निर्देशिका थप संसोधन गरेर सहज बाटो निकाले पनि बीमितको जोखिमको रकमलाई अन्य क्षेत्रमा लगानी गर्न तयारी अवस्थामा छैनन् । यो स्वभाविक पनि हो ।
यस बिषयमा बीमा प्राधिकरणको थप ध्यान पुग्नु जरुरी छ । नेपालमा स्थापित पुनर्बीमा कम्पनीको स्तरोन्नति गर्दै जानुपरेको छ । साथै, कूल ग्राहस्थ्य उत्पादनमा बीमा क्षेत्रको योगदानलाई ज्यामितिय ढङ्गले बृद्धि गर्न जरुरी छ । यस अतिरिक्त, बीमा बिषयको अध्ययन अध्यापन हुने गरी विश्वविद्यालयमा छुट्टै विभाग खडा गर्ने प्रस्ताव अघि बढे पनि त्यसले पूर्णता भने पाउन सकेको छैन । यस बिषयमा बीमा प्राधिकरणले ध्यान दिनु जरुरी छ । यथार्थमा, सबै बीमा कम्पनीको व्यवसायिक रकम भनेको ग्राहकरुपी जनताले बुझाएको रकम हो ।
यो केबल निजीक्षेत्रले व्यवस्थापन गरेको सार्वजनिक कम्पनी हो भनी बुझ्नु पर्छ। यसर्थ, बीमा कम्पनीहरुले आफ्ना इन्स्योरेन्स पोलिसी, स्किम र प्रडक्टस्का बारेमा आम नेपाली जनतालाई व्यापकरुपमा सही र सत्य सूचना प्रवाह गर्नुपर्छ । प्रत्येक बीमालेख (पोलिसी) ले समेटेका र नसमेटेका जोखिमहरु आम ग्राहक÷उपभोक्ता÷सेवाग्राही जनतालाई जस्ताको त्यस्तै जानकारी दिनुपर्छ । यस कुरामा प्राधिकरण चनाखो हुनुपर्छ । बीमा व्यवसायका क्षेत्रमा बीमा अभिकर्ता र बीमा सर्भेयरहरुको भूमिका महत्वपूर्ण रहेको छ । यसर्थ, यी अभिकर्ता र सर्भेयरहरु कुन कुन बीमा कम्पनीसँग आबद्ध छन् भन्ने सपष्ट जानकारी प्राधिकरणलाई हुनुपर्दछ ।
पन्धौंः– ग्रामीण क्षेत्रमा बीमा कम्पनीहरुको प्रभावकारी उपस्थिति
ठूला सहरमा नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्रप्राप्त बीमा कम्पनीहरु अतिरिक्त ठूलै संख्यामा पाईन्छ । नियामक निकाय बीमा प्राधिकरणले जिल्ला तोकेर नै शाखा संजाल विस्तार गर्न निर्देशन दिएपनि सो मात्रामा हुन सकेको छैन । ग्रामीण क्षेत्रमा कम्पनी सङख्यात्मक भएपनि बीमा सेवा पर्याप्त नभएको बीमितहरुको गुनासो रहेको छ। यसलाई बीमा प्राधिकरणले मध्यनजर गर्नु जरुरी छ । ग्रामीण क्षेत्रमा बीमा कम्पनीहरु बीमितमैत्री बन्न जरुरी छ । यसले के देखाउँछ भने संचालनमा रहेका इजाजतपत्रप्राप्त बमिा कम्पनीहरुले सबै क्षेत्रका मानिसहरूको बीमा सेवाको मागलाई पूरा गर्न सकिरहेका छैनन् । बीमा प्राधिकरणले बीमा कम्पनीहरुको शाखा विस्तारमा मात्रै नभई सेवा सुविधाको बिषयमा समेत अनुगमन गर्नु अपरिहार्य देखिन्छ ।