नेप्सेको त्रुटीः सार्वजनिक बिदाका दिन पनि शेयर बजार खुल्ला
काठमाडौं । सार्वजनिक बिदाका दिन पनि सेयर बजार खुल्ला भएको छ ।सार्वजनिक बिदा दिएको दिन पनि नेप्से खुल्ला भएको कारण लगानीकर्ताहरु आश्चर्यमा परेका छन् ।
इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (ईद उल अहजा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि नेप्सेको वेवसाइटमा भने बजार खुल्ला भनेर देखाइएको छ । बजार खुला भनेर देखिएपनि कारोबार भने भएको छैन ।
नेप्सेलाई यस बिषयमा सोध्दा प्राविधिक सम्स्याको कारण यस्तो देखिएको जानकारी दिएको छ ।