डिसहोममा ‘प्रेम गीत ३’ एक्सक्लूसिभ प्रदर्शन हुँदै

१३ असार २०८०, बुधबार १७:००

काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लूसिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिसहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सकिने डिसहोमले जनाएको छ ।

यहि असार १५ गते ‘प्रेम गीत ३’ सिनेमाघर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभिओडीमा पनि यो चलचित्र उपलव्ध हुनेछ । एक्सभिओडीमा यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । एक्सभिओडीमा डिसहोमको सेटटप वक्समा उपलव्ध रहेका फिचर हो ।

डिसहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*