जन्मदिनको अवसरमा नेशनल लाइफको बीमा पोलिसी उपहार

१३ असार २०८०, बुधबार १४:१६

काठमाडौं । पछिल्लो समय विवाह उत्सव, जन्मजयन्ती अथवा कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ । बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रदै आएको छ ।

यसै क्रममा बुबा सुबर्ण बस्नेतले आफ्नो छोरीको जन्मदिनको अवसरमा नेशनल लाइफको १० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । आफु मध्यम बर्गको परिवारको मानिस भएकोले भोलिको दिनमा छोरीको शिक्षा, स्वास्थ्य तथा बिवाहको लागि समस्या नपरोस्  भन्ने उदेश्यले बीमा पोलिसी उपहार दिएको उनका बुबा बस्नेतले बताए ।

कम्पनीका बीमा अभिकर्ता दिपक बरालले सो बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

 

2 thoughts on “जन्मदिनको अवसरमा नेशनल लाइफको बीमा पोलिसी उपहार

  1. Sonam Khadge says:

    Ekdam ramro upahar ho yo. Dhanaywadh Nepal National Insurance lai.

  2. Sumod Thapa says:

    VERY NICE DO EVERY PETSON

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*