आइएमई लाइफको आइपीओमा साढे ३८ लाख रुपैयाँको आवेदन

१३ असार २०८०, बुधबार १२:१६

काठमाडौं आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३८ करोड ५५ लाख ४७ हजार ३ सय ३४ रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आजसम्मा १९ हजार ८०३ जनाले १६ लाख २७ हजार ४ सय कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*