एभरेष्ट बैंकद्वारा विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुस् सजिलै आवेदन

१३ असार २०८०, बुधबार १०:०५

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ४ पदमा कर्मचारी माग गरेको हो ।

बैंकले आईएसओ पदमा १ जना र विभिन्न विभागको अफिसर पदमा ३ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित पदमा स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार इच्छुक उम्मेदवारले बैंकको वेभसाईट  https://everestbankltd.com/careers/  मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*