नेको इन्स्योरेन्सद्वारा सातै प्रदेशमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
१२ असार २०८०, मंगलवार १२:४२
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै देशका विभिन्न ठाँउमा रहेका शाखा कार्यालय र काठमाडौं उपत्यकाका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले जुनियर असिस्टेन्ट पद र काठमाडौं उपत्यकाको लागि ब्रान्च म्यानेजरमा केही संख्याले कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेदवारले कम्पनीको इमेल मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।