पूर्वी नेपालमा आएको बाढीको अवस्था अवलोकन गर्न बीमा कम्पनीहरुले फिल्डमा पठाए सर्भेयर, साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान

१२ असार २०८०, मंगलवार १२:०५

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले पूर्वी नेपालमा आएको बाढीको अवस्था अवलोकन गर्न पुगेका छन् । दाबीको अवस्थाबारे कम्पनीहरुले आफना अन्डरराईटिङ अफिसरलाई फिल्डमा पठाउन थालेका छन् ।

त्यस्तै, एक साता अघि नै कम्पनीहरुले सर्भेयरहरुलाई फिल्डमा पठाईसकेको छ। बीमा कम्पनीहरुको हाल क्षतीको विश्लेषण गरेर रिर्पोट कम्पनीमा बुझाएर पुनर्बीमा कम्पनीमा पठाएपछि मात्रै कम्पनीहरुले दाबी भुक्तानी पाँउछन् ।

एक सर्भेयरले सर्भेयर एशोशियननले साढे ८ अर्ब रुपैयाँ बराबरको क्षतीको अनुमान गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले पनि क्षतीको विस्तृत विवरण सार्वजिनक गरिसकेको छ। असार १ र २ मा आएको बाढी र पहिरो आएको थियो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले गरेको प्रारम्भिक अध्ययनले उक्त बाढीबाट अहिलेसम्म ४ सय ६३ मेगावाट क्षमताका ३० जलविद्युत आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको देखिएको छ।

यद्यपि, यो प्रारम्भिक तथ्यांकमात्र हो। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको इप्पानले जनाएको छ। बाढीबाट उत्पादनमा रहेका १ सय ३२ मेगावाटका १३ आयोजनामा करिब ६ अर्ब रुपैयाँको क्षति भएको तथ्यांकमा उल्लेख छ।

बाढी र पहिरोबाट क्षति हुन पुगेका जलविद्युत आयोजना कम्पनीहरू दाबीका लागि बीमा कम्पनी पुग्न थालेका छन्।

बाढीका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लाका दुई दर्जन बढी आयोजनामा क्षति पुगेपछि जलविद्युत कम्पनी बीमा दाबीका लागि निर्जीवन बीमा कम्पनी पुगेका हुन्।बाढीले उत्पादनमा रहेका र निर्माणाधीन सबैखाले आयोजनामा क्षति पु¥याएको छ। जुन बीमा कम्पनीका लागि टाउको दुखाइको विषय बनेको छ।

नेपालको भौगोलिक अवस्था, वातावरणीय प्रभाव र आयोजना संरचनाले बाढीपहिरोका कारण जलविद्युत आयोजनामा ठूलो क्षति पुयाउँदै आएको छ। जसका कारण बीमा कम्पनीहरूले ठूलो रकम क्षतिको बिमा दाबी भुक्तानीमा खर्चिनुपरेको छ।
नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्री बीमा कम्पनीले क्षति पुगेको एउटा आयोजनालाई दिने रकम वर्षौंसम्म नउठ्ने बताउँछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*