जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४ प्रतिशतले बढ्यो, वृद्धिदरमा आइएमई लाइफ, एलआईसी नेपाल, सिटिजन र नेपाल लाइफ अगाडि

११ असार २०८०, सोमबार १९:३२

काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा ४ दशमलव ३५ प्रतिशतले बढेको छ ।

गत आर्थिक बर्षमा १ खर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा बीमाशुल्क आर्जन बढाएर १ खर्ब २४ करोड रुपैयाँ पुराएको छ।वृद्धिदरको आधारमा हेर्दा यस त्रैमासमा सबैभन्दा अग्रस्थानमा आइएमई लाइफ, एलआईसी नेपाल, सिटिजन र नेपाल लाइफ रहेको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार यस त्रैमासम्ममा वृद्धिदरको आधारमा अग्रस्थानमा रह्न सफल भएको कम्पनी आइएमई लाइफ बनेको छ।
गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २० प्रतिशतले बढेको छ । बाँकि कम्पनीहरुको वृद्धिदर १५ प्रतिशत मुनि नै रहेको छ।

गत आर्थिक बर्षको तुलनामा वृद्धिदरमा एलआईसी नेपाल दोस्रो स्थान रहेको छ। कम्पनीको बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा १४ प्रतिशतले बढेको छ।
तेस्रो स्थानमा सिटिजन लाइफ रहेको छ । कम्पनीले आफनो बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा १२ प्रतिशतले वृद्धि गरेको छ।

वृद्धिदरको चौथौ स्थानमा नेपाल लाइफ रहेको छ। कम्पनीको व्यवसाय वृद्धिदर गत आर्थिक बर्षको तुलनामा ११ प्रतिशतले बढेको छ।
त्यस्तै, गत आर्थिक बर्षको तुलनामा चार कम्पनीको बीमा व्यवसाय घटेको छ।

गत अर्थिक बर्षको तुलनामा मेट लाइफ,सन नेपाल,रिलायबल नेपाल लाइफ र सानिमा रिलायन्स लाइफको बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*