जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन पौने ३ अर्ब नजिक, कुनको कति ? (सूची सहित)
११ असार २०८०, सोमबार १७:५२
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा २५ अर्ब ९५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ११ महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो ।
यस त्रैमाससम्मा नेपाल लाइफले सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको तथ्यांक देखाएको छ। कम्पनीले जेठ मसान्तसम्ममा ५ अर्ब १३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।
तेस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस अवधिसम्ममा २ अर्ब १ करोड रुपैयाँ रहेको थियो ।