११ महिनामा जीवन बीमा कम्पनीहरुले नविकरण बीमाशुल्क वापत आर्जन गरे झण्डै १ खर्ब,अग्रस्थानमा नेपाल लाइफ, एलआईसी, नेशनल

११ असार २०८०, सोमबार १७:३४

काठमाडौं । जीवन बीमा कम्पनीहरुको ११ महिनामा नविकरण बीमाशुल्कवापत ९८ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो ।

यस अवधिमा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्न कमपनी नेपाल लाइफ बनेको छ । कम्पनीले जेठ मसान्तसम्ममा २७ अर्ब ४७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्मा १३ अर्ब ४७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् ।

तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्मा १० अर्ब ८४ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*