शिवम् र सोल्टि होटलमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो आज सर्वाधिक कारोबार ?
११ असार २०८०, सोमबार १५:०२

काठमाडौं। हिजो हाफ सेन्चुरी हानेको नेप्से आज सामान्य अंकको सुधार हुँदै बन्द भएको छ। आज शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ४१ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, सोल्टि होटल, हिमालयन डिष्लरी, आइजीआई पु्रडेन्सियल, नेपाल लाइफ, नागरिक लगानी कोष, सूर्या ज्योति लाइफ, एभरेष्ट बैंक , एशियन लाइफ र एनआईसी एशियाको सर्वाधिक कारोबार भएको छ।