इलामका हनोक चेम्जोङले पाए जन्मदिनमा सन नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विवाह उत्सव, जन्मजयन्ती अथवा कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ । बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रदै आएको छ ।
यसैक्रममा इलामको माइ नगरपालिका वडा ६ का टारजन चेम्जोङ र कविता चेम्जोङले छोरालाई जन्मदिनको अवसरमा सन नेपाल लाइफको बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफ्नो छोरालाई १० लाख बीमाङकको बाल समृद्धि जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
सोही जन्मदिनको अवसरमा कम्पनीका उप शाखा प्रमुख नवराज बुढाथोकी अभिकर्ता अनिस सुनुवार, मंगेश राई र एलिशा राईको उपस्थितीमा उक्त बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।
आज भोलि बीमा प्रतिको सकारात्मक सोच आम नागरिकमा बृद्धि हुदै गएकोले अनावस्यक खर्च कम गर्दै दिगो बचत भबिस्यमा हुने जोखिमको महत्व बारे जनचासो बड्दै गएकाले बिबाह न्वारान, एनिभर्सरि जन्मदिनमा बीमा पोलिसी उपहारको रुपमा दिन थालेको उप शाखा प्रमुख नवराज बुढाथोकीले बताए ।