अन्यायका विरुद्ध खडा भए हिमालयन लाइफका कर्मचारी, स्वैच्छिक अवकाश योजनामा व्यवस्थापन पक्षको चरम बेथिति र भेदभाव विरुद्ध विरोध प्रदर्शन
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी स्वैच्छिक अवकाश योजनामा कम्पनीको व्यवस्थापन पक्षको चरम बेथिति र भेदभाव विरुद्ध विरोध प्रदर्शन गरेको छ। साविकको युनियन लाइफ, प्राईम र गुराँस लाइफ इन्स्योरेनस कम्पनीका कर्मचारीहरुले एकै आवाजमा आज कम्पनीको केन्द्रिय कार्यालयमा चर्को विरोध गरेका हुन् ।
तीन वटा बीमा कम्पनी मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुमाथि व्यवस्थापनले विभेदपूर्ण व्यवहार गरेको बिषयमा ध्यानाकर्षण गराउन आज आन्दोलन गरेको आन्दोलनमा सहभगी एक कर्मचारीले बताए ।
प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सिईओ मनोजलाल कर्ण सहितका उच्च व्यवस्थापकहरुले भिआरएस सुविधामा कर्मचारीमाथि विभेद गर्ने गरेको गुनासो गर्दा पनि सुनुवाई नभएपछि उनीहरु आन्दोलनमा जान बाध्य भएका हुन् ।
तीन कम्पनी मर्जर एकिकृत कारोबार शुभारम्भ गरेको कम्पनीले ३२० जना कर्मचारीमध्ये छनोट गरेर १६० जनालाई कम्पनीले छनोट गरेर भिआरएस सुविधा दिएको भन्दै उनीहरुले आज कम्पनीको केन्द्रिय कार्यालयमा विरोध प्रर्दशन गरेका हुन् ।
कर्मचारी स्वच्छिक अवकाश योजनामा विभेदपूर्ण रुपमा कर्मचारी छनोट गरेर सुविधा दिएको भन्दै आज विरोधमा उत्रिएका हुन् । साथै उनीहरुले आज श्रम शोषण भएको भन्दै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी विरोध सहित आन्दोलनमा उत्रिएका हुन् ।
कसैलाई काखा र कसैलाई पाखा भएको भन्दै साविक यूनियन, प्राइम र गुराँस लाइफका कर्मचारीहरुले स्वेच्छिक अवकाश योजनामा विभेद गरेको भन्दै आन्दोलन गरेको हो ।उनीहरुले आज चरम बेथिति र भेदभाव बन्द गर, एकाधिकार बन्द गर, सिईओको मनपरी बन्द गर, श्रम शोषण बन्द गर, प्रलोभन र धम्की बन्द गर भिआरएस सुविधा मनपरी भयो, १५ करोड रुपेयाँ मनपरी बाड्न पाँउदैन भन्ने नाराका साथ विरोध प्रदर्शन गरेका थिए ।
कर्मचारीहरुले बीमा प्राधिकरणकै दवावमा तीन वटा कम्पनी मर्जरमा गएकोले कर्मचारीहरुको समस्या बीमा प्राधिकरणले हल गरी इच्छुक सबैलाई भिआरएस सुविधा नदिए प्राधिकरणमै धर्ना र आन्दोलन गर्ने चेतावनी एक पीडित कर्मचारीले बीमापोष्टलाई जानकारी दिए ।
युनियन लाइफ, प्राईम र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी एक भई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी खडा हुँदा कम्पनीले स्वेच्छिक योजना ल्याएको थियो ।तीन कम्पनीका कर्मचारी एक हुँदा व्यवस्थापन गर्न गाह्रो पर्ने देखिए पछि मर्जर कमिटीले उच्च पदस्थ कर्मचारीदेखि लिएर सहायक स्तरका कर्मचारीसम्मका लागि स्वेच्छिक अवकास योजना ल्याएका थिए ।
उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरुहरुले स्वच्छिक अवकास हुन चाहेमा न्युनतम ६ महिनाको तलब सुविधा पाउने व्यवस्था गरिएको थियो । यसका अतिरिक्त एक वर्षदेखि तीन वर्षसम्म काम गरेका कर्मचारीहरुका हकमा थप २ महिनाको तलब सुविधा रहेको थियो ।तर यस योजनामा कसैलाई लाखा र कसैलाई पाखा गरेको कारण कर्मचारीहरु रुष्ट बनेका हुन् ।