मकवानपुरको राक्सिराङ गाउँपालिकाले बसाइँ सरेर आउनेलाई घर उपहार दिने

१० असार २०८०, आईतवार १५:५७

काठमाडौं । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार दिने नीति ल्याएको । गाउँपालिकाले बढ्दो बसाइसराईलाई निरुत्साहित गर्ने उद्देश्यले घर उपहार दिने योजना ल्याएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गर्ने छ । असार १० गते गाउँसभामा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।

गाउँपालिकाका अनुसार घर कस्तो प्रकारको हुने र कति लागतको हुने भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*