प्रभु लाइफ र महालक्ष्मी लाइफले एकिकृत कारोबारपछिको लागि छनोट गर्यो १५ बीमा पोलिसी ( पोलिसीको सूची सहित)
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड मर्जरको अन्तिम तयारीमा रहेको छ। असार महिनाभित्र एकिृकत कारोबार शुभारम्भ गर्ने अन्तिम तयारीमा यी कम्पनीहरु देखिन्छन् ।एकिकृत कारोबार पछि दुवै कम्पनीका कर्मचारीको ध्यान विशेषण गरि श्रावण १ गतेबाट विक्रि वितरणको लागि प्रन्धवटा बीमा योजना (प्रोडक्ट) छनोट गरेका कम्पनीले जनाएको छ।
नेपालमा प्राधिकरणवाट एकिकृत कारोबारपछि प्रचलनमा ल्याउन उक्त योजना स्वीकृति समेत प्राप्त भईसकेको कम्पनीले जनाएको छ।
नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी पन्ध्रवटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको छ ।
स्वीकृत बीमा योजनाहरुमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जीबन बीमा, सर्वश्रेष्ठ आजीवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु रहेको कम्पनीले जनाएको छ।