एनएमबि बैंकले आफ्नो नाममा रहेको विभिन्न ठाँउको गैर बैंकिङ्ग सम्पत्ति लिलाम गर्दै (सूचनासहित)
१० असार २०८०, आईतवार १२:२८

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै तीन ठाँउको घरजग्गा लिलामीमा ल्याएको हो ।
बैंकले बारा, मकवानपुर जिल्लाको जग्गा लिलामीमा ल्याएको छ । उक्त सम्पति खरिद गर्न इच्छुक योग्य व्यक्ति तथा संस्थाले बैंकको कर्जा अशुली विभाग कुमारीपाटी, ललितपुरमा सूचना प्रकाशित मितिले १५ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।