नेशनल लाइफका सिईओको उपस्थितीमा अभिकर्ताहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेश अन्र्तगत विभिन्न शाखाका अभिकर्ताहरुलाई लक्षित गरी रन फर इनकम क्यास योर एमडीआरटी अभिकर्ता अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
दमक शाखाको आयोजनामा शनिबार कस्मिक पार्टी प्यालेसमा सम्पन्न भएको सो कार्यक्रममा कोशी प्रदेशका झण्डै ६ सय भन्दा वढी विजेनेश लिडरहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा अर्लि एमडिआर टि द्धय उर्लाबारी शाखाकी एलिसा आले मगर,दमक शाखाकी रिता राई शेर्मालाई प्रमाण पत्र दोसल्ला सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले बीमा प्राधिकरणले तोके अनुसारको ५ करोड चूक्तापुजी पुर्याउन कम्पनी सफल भएको बताउदै कोशी प्रदेशको पूर्वक्षेत्रमा निकट भविiodf जग्गा खरिद गरी व्यावसायिक भवन निर्माण गर्ने लक्ष्य रहेको बताएका थिए ।
यसै गरी कार्यक्रममा नवनियुक्त डेपुटी सिइयो स्मृतिराज कडेलले नेशनल लाइफ जस्तो सवल र सक्षम कम्पनीमा काम गर्ने अवसर पाउनु आफ्नो लागि अहोभाग्य रहेको भन्दै कम्पनीका साख जोगाउन हरदम प्रयास गर्ने वताए । प्रदेश प्रमुख नरेन्द्र राईको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा दमक शाखाले पहिलो पटक कार्यक्रम आयोजना गर्ने अवसर पाएकोमा शाखा प्रमुख सुमन राईले धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।
कम्पनीले लिएको वार्षिक लक्ष्य पुरा गराउन सहज होस भनि अन्तरािष्ट्रय भोटिभेटर विजय झा ले प्रशिक्षण दिएका थिए । कार्यक्रममा कम्पनीका सिइओ सुरेश खत्री,नवनियुक्त सहायक डेपुटी सिइयो स्मृतिराज कडेल विभागीय प्रमुख विवेक शर्मा प्रदेश प्रमुख नरेन्द्र राई लगायत प्रदेश १ का शाखाका प्रमुख सहित एजेन्सी प्रमुख अगुवा अभिकर्ताहरुको सहभागिता जनाएका थिए .