नेपाल बीमा प्राधिकरणको बजेटबारे धुलिखेलमा भव्य छलफल हुँदै

८ असार २०८०, शुक्रबार १७:२३

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आगामी आबको बजेटबारे धुलिखेलमा आज छलफल हुँदैछ । धुलिखेलस्थित एक रिसोर्टमा आगामी बर्षको बजेटबारे छलफल हुन लागेको बीमा प्राधिकरण स्रोतले पुष्टि गरेको छ ।

प्राधिकरणले आगामी आवको लागि बजेट बनाएर आजैको सो छलफल पश्चात अन्तिम रुप दिइनेछ । प्रायः सबै काम गुप्त रुपमा गर्ने, सरोकारवालासँग सामान्य छलफल समेत नगर्ने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बजेटका लागि भने कर्मचारीसँग छलफल गर्न लागेका छन् ।

यसअघि बीमा नियमावली निर्माण गर्दा सरोकारवालासँग छलफल नै नगरी अर्थ मन्त्रालयमा बुझाउँदा विवादमा परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*