सूर्यज्योति लाइफको व्यतित बीमालेखमा छुट, कहिले सम्म पाइन्छ ?

८ असार २०८०, शुक्रबार १५:४६

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड व्यतित बीमालेख पूनर्जागरण गर्दा ब्याज छुट गर्ने भएको छ ।

कम्पनीले यहि असार ७ गतेदेखि २४ गतेभित्र बीमालेख पूनर्जागरण गराउने बीमितहरुलाई ब्याजमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो । कम्पनीले ब्याज छुटको सदुपयोग गरी आफ्नो बीमालेख सक्रिय बनाउन अनुरोध गरेको छ ।

व्यतित बीमालेख पूनर्जागरण गर्दा छुट बीमा अवघि भरि एक पटक मात्र बीमितले छुट प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*