प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाइफले कति पायो रेटिङ ?

८ असार २०८०, शुक्रबार ११:११

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केयर रेटिङबाट केयरएनपी त्रिपल बी प्लस रेटिङ पाएको छ । कम्पनीले निष्काशन गर्न लागेको प्रिमियम मूल्यको आइपीओको लागि त्रिपलबी प्लस रेटिङ पाएको हो ।

कम्पनीले सर्वसाधारण समूहतर्फको एक करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । तर, सर्वसाधारणले १०० रुपैयाँमा आईपिओ भने पाउने छैनन् ।

अब कम्पनीले सर्वसाधारणका लागि १९९ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २९९ रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले यसअघि ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको थियो । कम्पनीको वित्तीय अवस्था बलियो बनेसँगै आईपिओ अझै महंगो बन्न पुगेको हो ।

केयर रेटिङ कम्पनीको वित्तीय अवस्था मूल्याङ्कनको आधारमा त्रिपलबी प्लस इज रेटिङ दिएको हो । यस्तो रेटिङको अर्थ कम्पनी वित्तीय रुपमा सक्षम रहेको देखाउँछ ।

प्रिमियमबापत कम्पनीले २ अर्ब ३८ करोड रुपैयाँ उठाउनेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ छ । आईपीओ जारी गरेपछि कम्पनीको पुाजि ५ अर्ब रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*