राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनालाई रोजगारीको अवसर, यसरी दिनुस् आवेदन
८ असार २०८०, शुक्रबार १०:३९
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै खुला प्रतियोगिताबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
बैंकले सहायक चौथो तह देखि वरिष्ट प्रबन्धकसम्मका पदहरुमा कुल ४६५ जना कर्मचारी माग गरेको छ । जसमा खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी भर्ना गर्न लागिएको छ।
सो पदहरुमा आवेदन दिन इच्छुक उम्मेदवारले असार ३० गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।