जीवन विकास लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै करार सेवामा कर्मचारी माग गरेको हो ।
संस्थाले चार्टट एकाउन्टेन्ट्स पदमा १ जना, प्राविधिकमा ४ जना र तथ्यांक विश्लेषकमा १ जना गरी कुल ६ जना कर्मचारीलाई रोजगारको अवसर खुलाएको छ । बैंक तथा वित्तीय संस्था, कम्पनी, एकाउण्टिङ फर्मको अनभुव तथा प्राविधिक र कानुनी ज्ञान भएका उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने कम्पनीले जनाएको छ ।
संस्थाका अनुसार सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित बिषयहरुमा उच्च शिक्षा हासिल गरेको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले असार २४ गतेभित्र संस्थाको वेभसाईट https://jeevanbikasmf.com/wp-content/uploads/2022/02/Vacancy-form.pdf मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।