कारोबारको पहिलो दिनमै हिमालयन लाइफको शेयरमा सकरात्मक सर्किट

७ असार २०८०, बिहीबार ११:२२

काठमाडौं । कारोबारको पहिलो दिनमै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमा सकरात्मक सर्किट लागेको छ ।

आज कारोबार खुलेको केही समयमै कम्पनीको शेयरमूल्यमा सर्किट लागेर ३४.५८ रुपैयाँले बढेर ३८१.१० रुपैयाँमा कारोबार भैरहेको छ ।

साविकको युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफबीच मर्जर पश्चात बनेको हिमालयन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा आज पहिलो पटक कारोबारमा आएको हो ।

साविकको ३ वटा कम्पनीहरु एक आपसमा गाभ्दारगाभिदा १ः१ः१ को अनुपातमा कायम हुन आएको ८ करोड २ लाख ३ हजार ८३७ कित्ता शेयर  नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि ३४६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*