घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

७ असार २०८०, बिहीबार ११:१३

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख १० हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन बुधबार छापावालाको सुनको मूल्य तोलाको १ लाख ११ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*