नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

६ असार २०८०, बुधबार १६:३०

काठमाडौं । नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविको युनियन लाइफ,प्राइम लाइफ र गुराँस लाइफबीच मर्जर पश्चात बनेको हिमालयन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

साविकको ३ वटा कम्पनीहरु एक आपसमा गाभ्दारगाभिदा १ः१ः१ को अनुपातमा कायम हुन आएको ८ करोड २ लाख ३ हजार ८३७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि ३४६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा भोलि बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

कम्पनीको शेयरलाई नेप्सेले एचएलआई ९कारोबार संकेत प्रदान गरेको छ । यस्तै नेप्सले मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार फुकुवा गरेको पनि जनाएको छ ।

साविकको युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफको शेयर सूचीकरण समेत खारेज भएर हिमालयन लाइफ इन्स्योरेन्सको नाममा कायम भएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*