रिलाबयल नेपाल लाइफले ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर पुन धितोपत्र बोर्डमा दियो आवेदन, ५ अर्ब रुपैयाँ चुक्ता पुँजि यसरी पुग्दैछ

६ असार २०८०, बुधबार १५:५८

काठमाडौं । रिलाबयल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर आईपीओ निष्काशनको लागि पुन आवेदन दिएको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको एक करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो ।

अब कम्पनीले सर्वसाधारणका लागि १९९ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २९९ रुपैयाँका दरले आईपीओ निष्कासन गर्नेछ ।कम्पनीले यसअघि ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । कम्पनीको हालको चुक्ता पुँजि २ अर्ब ८० करोड रुपैयाँ रहेको छ। प्रिमियममा आइपीओ निष्काशन गरेपछि कम्पनीले २ अर्ब ३८ करोड रुपैयाँ उठाउछ ।

प्रिमियमबापत कम्पनीले रू. २ अर्ब ३८ करोड उठाउनेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड छ । आईपीओ जारी गरेपछि कम्पनीको पुाजि ५ अर्ब रुपैयाँ पुग्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*