सिनेमा हलवालाहरु अदालत जाने तयारीमा

६ असार २०८०, बुधबार १३:३६

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुष को जुन संवादप्रति आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएका छन्  । त्यसमा त्यो संवाद नै नरहेको पाइएको छ ।

फिल्ममा जानकी भारतकी छोरी हुन् भन्ने संवाद प्रयोग गरिएको भन्दै मेयर बालेनले सोमबारदेखि काठमाडौं महानगरका हलमा सबै हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका छन् ।

बालेनले सिनेमा हलमा नगर प्रहरी पठाएर रोक्न भनेपछि हल मालिकहरुले काठमाडौं उपत्यकाभरि नै हिन्दी फिल्मको प्रदर्शन रोकेका छन् । मेयर बालेनलाई पछ्याउदै पोखरा धरानका मेयरहरु  धनराज आर्चाय र हर्क साम्पाङले पनि आदिपुरुषलाई प्रदर्शनमा रोक लगाएका छन् ।

तर फिल्ममा कतै पनि जानकी भारतकी छोरी हुन् भन्ने संवाद छैन् । फिल्म पुरै अंश हेर्दा यो संवाद कतै भेटिदैन । वरु जानकी मिथिलाकी राजकुमारी भएको संवाद छ ।

महानगरले फिल्म प्रदर्शनमा रोक लगाएको भन्दै सिनेमा हलवालाहरु अदालतमा जाने तयारीमा छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*