हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारीमाथि ज्यादती, भिआरएस सुविधा विभेदपूर्ण

५ असार २०८०, मंगलवार १७:००

काठमाडौं । तीन वटा बीमा कम्पनी मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुमाथि व्यवस्थापनले विभेदपूर्ण व्यवहार गरेको छ । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सिईओ मनोजलाल कर्ण सहितका उच्च व्यवस्थापकहरुले भिआरएस सुविधामा कर्मचारीमाथि विभेद गर्ने गरेको गुनासो गरेका छन् ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत पाँच दर्जनभन्दा बढि कर्मचारीहरुले बीमापोष्टमा गरेको गुनासो अनुसार भिआरएस सुविधामा कर्मचारीहरुलाई झुक्याउन ल्याइएको र सबैले उक्त सुविधा पाउन नसकेको गुनासो गरेका छन् ।पीडित कर्मचारीहरुले नेपाल बीमा प्राधिकरणमा उजुरी गर्दा समेत कुनै सुनुवाई नभएको भन्दै गुनासो गरेका छन् । नेपाल बीमा प्राधिकरणमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले दैनिक उजुरी बोकेर पुग्ने गरेका छन् । एक कर्मचारीले बीमापोष्टसँग भने, ‘दैनिक लाइन बसेर कर्मचारीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका विरुद्धमा उजुरी दर्ता गर्दा समेत प्राधिकरणले निकाय निकाल्न र नियमनको दायरामा ल्याउन नसक्नु आश्चर्यको विषय बन्यो ।’

कर्मचारीहरुले बीमा प्राधिकरणकै दवावमा तीन वटा कम्पनी मर्जरमा गएकोले कर्मचारीहरुको समस्या बीमा प्राधिकरणले हल गरी इच्छुक सबैलाई भिआरएस सुविधा नदिए प्राधिकरणमै धर्ना र आन्दोलन गर्ने चेतावनी एक पीडित कर्मचारीले बीमापोष्टलाई जानकारी दिए ।

युनियन लाइफ, प्राईम र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी एक भई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी अडा हुँदा कम्पनीले स्वेच्छिक योजना ल्याएको थियो ।
तीन कम्पनीका कर्मचारी एक हुँदा व्यवस्थापन गर्न गाह्रो पर्ने देखिए पछि मर्जर कमिटीले उच्च पदस्थ कर्मचारीदेखि लिएर सहायक स्तरका कर्मचारीसम्मका लागि स्वेच्छिक अवकास योजना ल्याएका थिए ।
उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरुहरुले स्वच्छिक अवकास हुन चाहेमा न्युनतम ६ महिनाको तलब सुविधा पाउने व्यवस्था गरिएको थियो । यसका अतिरिक्त एक वर्षदेखि तीन वर्षसम्म काम गरेका कर्मचारीहरुका हकमा थप २ महिनाको तलब सुविधा रहेको थियो ।

त्यस्तै तीन वर्षदेखि ५ वर्ष काम गरेकाले अतिरिक्त ६ महिना, ५ वर्षदेखि १० वर्ष काम गरेकाले अतिरिक्त १० महिना र १० वर्ष भन्दा बढि अवधि काम गरेकाले थप १२ महिनाको तलब बुझ्ने र यस्तो तलब पछिल्लो समय उनिहरुले बुझ्दै आएको तलब रकम अनुसार पाउने व्यवस्था रहेको थियो ।

अधिकृत स्तरका कर्मचारीले न्युनतम ७ महिनाको तलब सुविधा पाउने व्यवस्था रहेको थियो । यस अन्तर्गत एमदेखि चिफ म्यानेजरसम्मलाई यो सुविधामा राखेको थियो ।
एकदेखि तीन वर्ष काम गरेका यस्ता कर्मचारीले थप तीन महिना, तीन वर्षदेखि ५ वर्ष काम गरेकाले थप ७ महिना, ५ वर्षदेखि १० वर्ष काम गरेकाले ११ महिना र १० वर्ष भन्द बढि अवधि काम गरेकाले थप १३ महिनाको तलब पाउने प्रावधान उक्त योजनामा रहेको थियो ।

अफिसर तहका कर्मचारीहरुको हकमा न्युनतम ८ महिनाको तलब सुविधा पाउने, अफिसर तहका कर्मचारीले यदि एक वर्षदेखि ३ वर्षसम्म काम गरेका छन् भने अतिरिक्त ४ महिना, ३ वर्षदेखि ५ वर्ष काम गरेकाले अतिरिक्त ८ महिना, ५ वर्षदेखि १० वर्ष काम गरेकाले अतिरिक्त १२ महिना र १० वर्ष भन्दा बढि अवधि काम गरेकाले अतिरिक्त १४ महिनाको तलब पाउने योजनामा समावेश गरिएको थियो ।

एसिस्टेन्ट तहका कर्मचारीहरुक हकमा भिआरएस सुविधा लिन चाहनले न्युनतम १० महिनाको तलब सुविधा राखेको थियो ।सहायक स्तरका कर्मचारीहरुले यदि एक वर्षदेखि ३ वर्षसम्म काम गरेका छन् भने अतिरिक्त ५ महिना, ३ वर्षदेखि ५ वर्ष काम गरेकाले अतिरिक्त ९ महिना, ५ वर्षदेखि १० वर्ष काम गरेकाले अतिरिक्त १३ महिना र १० वर्ष भन्दा बढि अवधि काम गरेकाले अतिरिक्त १५ महिनाको तलब पाउने मापदण्ड रहेको छ। अन्य पदको हकमा न्युनतम १२ महिनाको तलब सुविधा प्रदान गरिने व्यवस्था रहेको थियो ।
अन्द पदका कर्मचारीले यदि एक वर्षदेखि ३ वर्षसम्म काम गरेका छन् भने अतिरिक्त ६ महिना, ३ वर्षदेखि ५ वर्ष काम गरेकाले अतिरिक्त १० महिना, ५ वर्षदेखि १० वर्ष काम गरेकाले अतिरिक्त १४ महिना र १० वर्ष भन्दा बढि अवधि काम गरेकाले अतिरिक्त १६ महिनाको तलब पाउने व्यवस्था उक्त योजनामा थियो ।

लामो अवधि काम गरेका सम्पुर्ण स्थायी कर्मचारीहरु स्वेच्छिक अवकास योजनामा समावेश हुन पाउने भएपनि कम्पनीका कर्मचारीहरुलाई विभेदपूर्ण रुपमा छुट्याएको भन्दै गुनासो गरेका छन्।

 

 

2 thoughts on “हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारीमाथि ज्यादती, भिआरएस सुविधा विभेदपूर्ण

  1. Bima don says:

    Hoina yestoo jaaanata ko paisa jatha bhabi badnu huna bimit lae bonus dinu parx sampadak jue

  2. Dharmbhakt prasad singh says:

    एक दम सहि हो सर ।यो समाचार प्रकासन गर्नु भएको मा धेरै धन्यवाद सर ।हाम्रो माग लाई सम्बन्धित निकाई लाई पुरा गर्न को लागी समेत पहल गरि दिनु हुन हर्दिक अनुरोध गर्दछु।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*