मर्जर प्रक्रियामा रहेका प्रभु र महालक्ष्मी लाइफका सिइओले कति बुझे तलव भत्ता ?
५ असार २०८०, मंगलवार १२:५९
काठमाडौं । मर्जर प्रक्रियामा रहेको महालक्ष्मी लाइफ र प्रभु लाइफले पाँचौं वार्षिक साधारण सम्पन्न गरेको छ । दूवै कम्पनीहरुले आफ्नो पाँचौं वार्षिक साधारण सभाबाट मर्जर र कम्पनीको वित्तीय विवरण प्रस्ताव पारित गरेका छन् ।
महालक्ष्मी लाइफले पारित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७७।७८ मा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले तलव भत्ता वापत ७५ लाख ४४ हजार ८२० रुपैयाँ बुुझेका छन् ।
त्यस्तै, प्रभु लाइफले पारित गरेको वित्तीय विवरण अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले आर्थिक वर्ष २०७७।२०७८ मा तलव भत्ता वापत कुल ४४ लाख २४ लाख ५४३ रुपैयाँ बुझेका छन् ।