कनेक्ट आईपीएसले बीमा प्रयोगकतालाई सार्वजनिक गर्यो क्याब्याक अफर, यस्ता छन् विशेषता

४ असार २०८०, सोमबार १५:३६

काठमाडौं । कनेक्ट आईपीएसले असार ३ गतेदेखि लागू हुने गरी बीमा प्रयोगकर्ताका लागि नयाँ क्याशब्याक अफर ल्याएको छ । कम्पनीले आजदेखि लागु हुने गरी “इन्स्योरेन्स प्रिमियम पेमेन्ट २०८० क्याशब्याक” अफर ल्याएको हो ।

सो अफरमा कनेक्ट आईपीएस मार्फत लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना प्रयोगकर्ताले २०.८० प्रतिशत (अधिकतम २,०८० रुपैयाँ) क्याशब्याक प्राप्त गर्न सक्नेछन् । यस्तै अफरको अन्त्यमा एक जना विजेताले २० हजार ८० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

लक्की ड्र मार्फत हरेक हप्ता छानिएका विजेताहरूको जानकारी कनेक्ट एसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्योरेन्स सम्बन्धी प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुने बताइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*