समीट लघुवित्तको १४औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव र एफपीओ प्रस्ताव पारित

काठमाडौं। समिटि लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न भएको छ। अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमामा भएको सभा आज सम्पन्न भएको छ। लघुवित्तको आज बसेको साधारणसभो लाभांश प्रस्ताव पारित गरेको छ ।
कम्पनीले यस वर्ष हाल कायम चुक्ता पूँजीको आधारमा १३ दशमलव ५६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै सभाले बोनस शेयरपछि कायम हुने शेयरपूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारणतर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीले मर्जरपछि कायम हुने शेयर स्वामित्वमा सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात न्यूनतम ३० प्रतिशतभन्दा कम हुने हुँदा कम्पनीले एफपीओ जारी गर्ने भएको हो ।