हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम प्रदान गर्ने, पहिला आवेदन दिनेलाई प्राथमिकता

३ असार २०८०, आईतवार ०९:२८

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ता तालिम प्रदान गर्ने भएको छ । इन्स्योरेन्सले भर्चुअल (जुम मिडिया) माध्यमबाट बीमा व्यवसाय अभिबृद्धि गर्न साथै स्वरोजगारको अवसर सिर्जना गर्ने उदेश्यका साथ बीमा अभिकर्तालाई तालिम प्रदान गर्ने भएको हो ।

कम्पनीको केन्द्रिय कार्यालय, थापागाउँ काठमाडौंबाट भर्चुअल माध्यमबाट असार १२ गतेदेखि १४ गतेसम्म विहान ९ः३० देखि ४ः३० बजेसम्म उक्त तालिम संचालन हुने कम्पनीले जनाएको छ । उक्त तालिममा सहभागि हुनको लागि एसएलसी परिक्षा उत्तिर्ण गरेको हुनुपर्ने छ ।

कम्पनीका अनुसार पहिला आवेदन दिने ५० जना आवेदनकर्तालाई प्राथमिकता प्रदान गरिने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*