जन्म दिनमा बीमा पोलसी उपहार
काठमाडौं ।पछिल्लो समय फजुल खर्च गरेर जमघट, केक, पार्टी गर्ने चलन बढ्दै छ ।
यसै बीच उदयपुरको उदयपुरगढी गापा–७ बस्ने घमान सिंह अधिकारीले आफनै जन्म दिनको अवसरमा बीमा गराएका छन । जन्मदिनमा एशियन लाईफ इन्सोरेन्स गार्इघाट शाखाबाट ८ लाख बीमाङ्गकोबीमा गराएकामा अधिकारी खुसी छन् ।
बीमामालेख फाइल लिन एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड गाइघाट शाखामा पुगेका अधिकारीले बीमालेख सहित केक र उपहार पाउँदा खुसी भएका थिए । जन्मदिनको अवसरमा ८ लाखको सम्पती जोडनुको साथै सुरक्षा कवच खरिद गरेको बिमित अधिकारीको भनाई छ । अभिकर्ता अर्जुन मेहताले समयमै राम्रो सल्लाह दिएकोमा बीमित अधिकारीले धन्यबाद दिएका थिए ।
२० वर्ष बीमा अवधि समाप्तिमा ८ लाख साथै आर्जित बोनस पाइने, १८ घातक रोग मध्य कुनै रोग लागेमा ८ लाख उपचार खर्च पाइने, अश्क्त अपाङ्ग सुविधा साथै दुर्घटना लाभ सुविधा रहेको यस बिमाले बचत र सुरक्षामा महत्वपुर्ण भुमिका खेल्ने शाखा प्रबन्धक राजु शाह कानुले बताए ।
सो अवसरमा गाईघाट शाखाका कर्मचारी, अभिकर्ता लगायत ३० जनाको सहभागिता रहेको थियो ।