पूर्णिमा श्रेष्ठलाई ‘माउन्ट केटु’ आरोहणमा आइएमई र आइएमई पेको साथ

१ असार २०८०, शुक्रबार १३:५६

काठमाडौं । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जादै छिन् ।
पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिदै ‘आइएमई’ र ‘आइएमई पे’ ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ ।

विश्वका सबै भन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोश्रो अग्लो हिमाल माउन्ट केटु पनि आरोहण गर्न लागेकी हुन् । ७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पश्चात् सुरु हुनेछ ।

संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तिकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो यो आरोहण यात्रा सुरु गरेकी हुन् । फोटो पत्रकार समेत रहेकी पूर्णिमाले ६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका ७ वटा शिखरहरू आरोहण गरी सकेकी छिन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*