सैनिक आवासीय महाविद्यालयलाई ग्राउन्डवाटर रिचार्ज तथा खानेपानी मेशिन हस्तान्तरण

१ असार २०८०, शुक्रबार ११:५९

काठमाडौं । कोका–कोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसंग मिलेर आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनःभरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको छ । २३ मे २०२३ मा सुरुवात भई ८ जुन २०२३ मा समापन भएको उक्त संयुक्त प्रोजेक्ट विश्व वातावरण महिनाको अवसर पारेर सैनिक आवासीय महाविद्यालयमा हस्तान्तरण गरेको हो ।

डे स्कोलार्स र रेसिडेन्सियल विद्यार्थीहरू समेटेर १२०० भन्दा माथि विद्यार्धी भएका नेपाली सेनाद्वारा संचालित प्रतिष्ठित यस महाविद्यालयमा दैनिक गतिविधिहरुका लागि भारी रुपमा पानी आवश्यक हुन्छ । यस प्रोजेक्ट मार्फत १२ ओटा बोतल फिलर धारा तथा ८ ओटा बब्लर फसेटलाई ४ ओटा वाटर स्टेसन र डुअल स्पाउट्ससगँ क्रमशः जोड्दै खानेपानी बितरणका लागि २ यु.एफ. फिल्टर उक्त स्थानमा जडान गरिएको छ । यस प्रोजेक्टले २५०० भन्दा बढी मानिसहरू लाभान्वित हुनेछन् । यस प्रोजेक्टले वार्षिक रूपमा ४,३५,४०० लिटरसम्म वाटर रिचार्ज गर्ने अपेक्षित गरिएको छ ।

साथमा आकाशे पानी सङ्कलन र ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनःभरण) का बारेमा मोटिभेसनल तथा सचेतना सेसन पनि उक्त विद्यालयमा संचालन गरियो । त्यसैगरि फिल्ट्रेसन सिस्टम मेन्टेनेन्सनका बारेमा ट्रेनिङ सेसन पनि प्रदान गरियो ।

सैनिक आवासीय महाविद्यालयका नेपाली सेना मेजर बाबुलाल जि.सि, भन्छन् “यस विद्यालयमा १२०० भन्दा धेरै विद्यार्थी छन् र बिशेषगरि हाम्रो होस्टलमा पानीको ज्यादै आवश्यकता हुन्छ । सफा पिउने पानी बच्चाहरुको लागि आधारभूत अधिकार हो र यो आवश्यकता पुरा गर्न पाउँदा हामी खुसी छौँ । हाम्रो विद्यालयमा पानीको दिगो समाधानको सुविधा स्थापनामा सहयोग गर्नुभएकोमा कोका–कोला बेभरेजेज नेपाल र स्प्ल्यास नेपाल प्रति हामी आभारी छौँ ।”

कोका–कोला बेभरेजेज नेपालका प्रबन्ध निर्देशक जि. दिपक सेन्थिल नाथ, भन्छन्, “हामी निरन्तर जल स्रोतको संरक्षण र रिचार्ज, जिम्मेवार पानी प्रयोगको तथा सबैमा सफा पानीको प्रवर्धनमा लागि परेका छौँ । विद्यार्थीहरु, शिक्षक वर्ग तथा समग्र सैनिक आवासीय महाविद्यालय समुदायलाई सफा पिउने पानी प्रदान गर्नका लागि खटिएका बलिया साझेदारहरूसँग सहकार्य गर्न पाउँदा हामी धेरै खुसी छौँ । कोका–कोला बेभरेजेज नेपालले खपत गरेभन्दा ज्यादा पानी रिचार्जद्वारा फिर्ता दिन्छ र हामी समग्र कम्युनिटी रेजिलियन्स प्रोजेक्टका लागि, विशेषगरि सहरी क्षेत्रमा निरन्तर समर्थनमा छौँ ।”

स्प्ल्यास नेपालका कार्यकारी निर्देशक प्रदिप खड्का, भन्छन् “बच्चाहरुले सफा पिउने पानी सजिलै पहुँच पाएको देख्दा धेरै नै खुसी लाग्छ । हामी यस प्रोजेक्टको मेन्टेनेन्स र स्थिरता प्रति सतप्रतिसत प्रतिबद्ध छौँ । हाम्रो डेडिकेटेड मेन्टेनेन्स टिम र उत्साहीत विद्यार्थीबाट नै हाम्रो प्रतिबद्धता देख्न सकिन्छ ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*