सानिमा जीआईसी इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न

३२ जेष्ठ २०८०, बिहीबार १२:३५

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभा काठमाडौंको कालिकास्थान स्थित अमृतभोगमा सम्पन्न भएको हो ।सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गरेको हो ।

सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको अनुपातबमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन गर्नका लागि कम्पनीको नियमावलीको नियमन ११(क) संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।सभाले संस्थापक शेयरधनीका तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गरी निर्वाचित भएको छ।

साधारणसभाबाट पारित सामान्य तथा विशेष प्रस्स्ताव स्वीकृतिका लागि पेस हुँदा नियमनकारी निकाय वा कार्यालबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*