मुख्य सचिवबाट शंकरदास बैरागी हटाइयो, बैकुण्ठ अर्याल नयाँ मुख्य सचिवमा नियुक्त

३२ जेष्ठ २०८०, बिहीबार १०:४०

काठमाडौं । आज विहान बसेको मन्त्रिपरिषदको बैठकले मुख्य सचिव शंकरदास बैरागीलाई हटाएर सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्ड तथा मन्त्रिपरिषदका कतिपय सूचनाहरु चुहाएर विदेश पुर्याएको तथा सरकारलाई असहयोग गरेको तथ्यसहितको विवरण पछि बैरागीलाई बर्खास्त गरिएको हो ।

आजै बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याललाई नियुक्त गरिएको छ । अर्याल लामो समय अर्थमन्त्रालयमा काम गरेका सफल व्यक्ति मानिन्छन् । पछिल्लो समय सूचना तथा सञ्चार मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा पुगेका अर्याललाई मुख्य सचिव बनाइएको हो ।

अब प्रधानमन्त्री कार्यालयमातहतका कामहरु पारदर्शी र कन्फिडेन्सियल हुने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*