सिटी होटेलको आइपीओमा आवेदन दिनेलाई यस्तो छ अफर

३१ जेष्ठ २०८०, बुधबार १७:५२

काठमाडौं । सिटी होटलले आइपीओमा आवेदन दिने आम सर्वसाधारणहरुलाई एक अफर सार्वजनिक गरेको छ ।

सिटी होटल लिमिटेडले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

सिटी होटेलको आईपीओमा आवेदन दिन आम सर्वसाधारण सबैले यस प्रकारको सेवा सुविधा सहितको छुट पाउने भएका छन् ।

के–के छन् छुट अफर ?

– होटेलमा २ रातको पैसा तिरेर ३ रात बस्न सकिने,

– ब्रेकफास्ट कम्प्लिमेन्टरी,

– सबै खाना र नरम पेय पदार्थहरूमा १५ प्रतिशत छुट,

– लाउन्ड्री तथा ड्राई क्लिनिङ सेवाहरूमा २० प्रतिशत छुट,

– स्पा र सैलुन सेवाहरूमा २० प्रतिशत छुट,

– पूलमा डे पासमा ५० प्रतिशत छुट,

– इभेन्ट स्थलमा विशेष छुट

के छ छुट पाउने प्रक्रिया ?

यो छुट अफर पाउनका लागि कम्तिमा १ दिन अगाडी नै बुकिङ गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कहिलेसम्म पाइन्छ ?

यो छुट अफर २०२३ सेप्टेम्बरसम्म लागु हुनेछ ।

One thought on “सिटी होटेलको आइपीओमा आवेदन दिनेलाई यस्तो छ अफर

  1. हरि कमली says:

    होटलमा गेस नभएका कारण अफरदेखायर 10 को चिजलाई 15 मा बेचि अफरको लोभ देखायर गेस तान्ने जुक्ति हुनसक्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*