एनआइसी एशिया लघुवित्तले माग्यो उच्च तहका कर्मचारी

३१ जेष्ठ २०८०, बुधबार १३:४४

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका २ पदहरुमा उच्च तहका कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै नायव कार्यकारी अधिकृत र सहायक प्रमुख कार्यकारी पदमा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले व्यवस्थापन, अर्थशास्त्र विषयमा स्नाकोत्तर तह वा सीए उत्तिर्ण गरि ५ वर्ष वा स्नातक तह उत्तिर्ण गरी ७ वर्ष लघुवित्त क्षेत्रमा व्यवस्थापकीय तहमा कार्य गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले असार १३ गतेभित्र संस्थाको वेभसाईट  https://www.nicasialaghubitta.com/careers  मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

संस्थाले आफ्नो कर्पोरेट कार्यालयहरुको लागि रिक्त रहेका पदहरुमा खुल्ला प्रतिस्प्रर्धा मार्फत पदपूर्ति गर्ने भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*