नबिल बैकद्वारा विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
३१ जेष्ठ २०८०, बुधबार १०:३०
काठमाडौं । नबिल बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ट्रेनी असिस्टेन्ट र जुनियर टेलर लगायतका पदमा कर्मचारी माग गरेको हो ।
बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । अनुभवि, क्षमतावान , नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई प्राथमिकता प्रदान गरिने बैंकले जनाएको छ ।
इच्छुक उम्मेदवारले मेरो जव https://merojob.com/trainee-assistant-86/ र नबिल बैंकको https://www.nabilbank.com/individual वेवसाइट मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।