बीमा सर्भेयरको बिषय समेट्न नसकेकोे बीमा नियमावली संशोधन गर्दै बीमा प्राधिकरण, बुद्धकाजीको अध्यक्षतामा बन्यो कमिटी
काठमाडौं। आफैले बनाएको बीमा नियमावली २०८० अपूर्ण र सर्भेयरहरुकोे हित विपरितको बीमा नियमावली २०८० को मस्यौदा संशोधन गर्ने भएको छ। नेपाल बीमा प्राधिकरणमा नेपाल इन्स्योरेन्स सर्भेयर एशोसिएसन (नीसा) बीमा ऐनमा भएका बुँदा संसोधन गर्न आफना मागहरु लिएर पुगेका छन् ।
बीमा प्राधिकरणका कर्मचारीहरुले सरोकारवालासँग छलफल नै गरी सुटुक्क अर्थ मन्त्रालयमा बुझाएको बीमा नियमावली २०८० भित्रै दर्जनौं अव्यवहारिक तथा त्रुटीहरु रहेका छन् । सो मध्ये बीमा सर्भेयरहरुको अहितमा रहेको बुँदाहरु संशोधन गर्न लागिएको हो ।
यसअघि सर्भेयरहरुको हकहितको लागि बीमा ऐनको बुँदामा उल्लेख भएका बिषयमा छलफल गर्न आग्रह गर्ने भन्दै बीमा प्राधिकरणले आश्वासन दिएपनि उक्त माग पुरा नगरेको भन्दै आज सर्भेयर एशोसियसन बीमा प्राधिकरणमा पुगेको नेपाल सर्भेयर संघका अध्यक्ष मोहनपुरुष ढकालले बताएका छन् ।
आज भएको बीमा प्राधिकरणको छलफल पश्चात् एक साता भित्रै संघले सुझाव पेश गर्ने र उक्त बिषयमा संसोधन गर्ने बिषयमा अर्थमन्त्रालयमा पुराउने बिषयमा छलफल भएको छ । सर्भेयरहरुले आज नै बीमा ऐनमा भएका बिषयहरु संसोधन गर्न बुद्धकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटि बनाएको छ । यो कमिटिले एक सातामै संसोधन गनुपर्ने बुँदाहरु प्राधिकरणमा पेश गर्नेछ ।