कृषि विकास बैंकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो महत्वपुर्ण सूचना

२९ जेष्ठ २०८०, सोमबार ११:५५

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई एक महत्वपुर्ण सूचना जारी गरेको छ ।

बैंकले जारी गरेको सूचना अनुसार विभिन्न सामाजिक संजाल मार्फत बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटोहरु प्रयोग गरी आम ग्राहकलाई आर्थिक प्रलोभन देखाइ ठग्ने गरेको भन्ने गुनासोहरु प्राप्त भएपश्चात बैंकले यस्ता क्रियाकलापबाट सचेत रहन आग्रह गरेको छ ।

यसका साथै बैंकले खाताको केवाईसी अपडेट गर्ने प्रयोजनको लागि भनेर वा अन्य कुनै प्रयोजनको लागि ओटीपी, लिङ्क, पीन कोड तथा पासवर्ड जस्ता ग्राहकका गोप्य सूचना बैंकले नमाग्ने भएको हुदा यस्ता सूचनाहरु कसैलाई पनि नदिन आग्रह गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*