युनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त
२९ जेष्ठ २०८०, सोमबार १०:१६
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीबीच मर्ज भई ‘युनाइटेड अजोड इन्स्योरेन्स’ कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त भएको हो ।
कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको शेयर रष्ट्रिार सम्बन्धी सम्पूर्ण कार्य (आरटिएस सेवा) गर्नका लागि जेठ २८ गतेदेखि लागू हुनेगरी नबिल इन्भेष्टमेन्ट बैकिङ्गलाई नियुक्त गरिएको हो ।