महर्जन दम्पतीले दिए छोरालाई नेशनल लाइफको ‘बाल अमृत जीवन बीमा पोलिसी’ उपहार

२८ जेष्ठ २०८०, आईतवार १७:४६

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । विवाह, पास्नी, बर्थडे, विवाह उत्सव तथा चाडपर्वहरुमा आफ्नो परिवार, ईष्टमित्र, साथीभाईलाई उपहारस्वरुप बीमा पोलिसी खरिद गरिदिने नयाँ ट्रेन्ड चलेको छ ।

यसैबीच सुनाकोठी–२७ ललितपुर बसोबास गर्ने राजशोभा महर्जन र कविराज महर्जनले आफ्नो छोरालाई बीमा पोलिसी उपहार दिएका छन् । छोराको पास्नीमा महर्जन दम्पतीले छोरा दिर्शन महर्जनलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी गरिएको पोलिसी खरिद गरिदिएर उपहार दिएका हुन् ।

उनीहरुले नेशनल लाइफ भैंसेपाटी शाखा कार्यालयबाट १० लाख रुपैयाँ बीमाङ्क रकमको ‘बाल अमृत सावधिक जीवन बीमा पोलिसी’ खरिद गरिदिएका हुन् । भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएका कारण अन्य भौतिक वस्तुभन्दा बीमा पोलिसी उपहार दिएको महर्जन दम्पतीले बताए ।

महर्जन दम्पतीले अभिकर्ता रश्मी महर्जनसमक्ष उक्त पोलिसी खरिद गरेका हुन् । बीमा गरेको दुई वर्षपछि वा बीमितको ६ वर्ष उमेर पुगेपछि जोखिम प्रारम्भ हुने र कम्तिमा ५० हजार र धेरैमा २५ लाख बीमाङ्क रकमको बीमा गर्न सकिने भएका कारण यो पोलिसी बच्चाहरुका लागि उपयुक्त रहेको अभिकर्ता रश्मीले बताईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*